राजेन्द्र महतो, लहान
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुर स्थित बाबाताल जाने गेट देखि बाबाताल सम्म सबै घरको गेट अगाडि बाबाताल युवा क्लबले धुपीको बिरुवा रोपेको छ ।
कर्जन्हा नगरपालिका २ हाल माकलबारी काठमाडौंका रबिन गिरीको सहयोग तथा बाबाताल युवा क्लबका युवाहरुको सहकार्यमा धुपीको बिरुवा रोपिएको हो।
सो वृक्षारोपण कार्यक्रम वडा नं. २ वडाअध्यक्ष गणेश अधिकारी र पर्यटन क्षेत्र बाबातालका संस्थापक अध्यक्ष भोला पोखरेलले उद्घाटन गरेका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा २ बन्दिपुर स्थित बाबाताल जाने गेट देखि बाबाताल सम्म दुबै छेउ मा करीब २२५ वटा धुपीको बिरुवा रोपिएको बाबाताल युवा क्ल्वका कोषाध्यक्ष सागर रार्इले बताएका छन् ।