सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च देखीए पछि सतहले खतराको तह पार गरेको छ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन्। आजको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक पानी प्रतिसेकेन्डका दरलले बहाव भइरहेको छ ।
कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ। सप्तकोशीमा पानीको उच्च बहाव हुदा बर्षैपिछे ठुलो जनधनको क्षति हुने गरेको छ ।