उर्लाबारीमा जनप्रतिनिधीले कुटेर हात भाँचिदिए, प्रहरीले जाहेरी दर्ता गरेन

उर्लाबारीमा जनप्रतिनिधीले कुटेर हात भाँचिदिए, प्रहरीले जाहेरी दर्ता गरेन

उर्लाबारी, जनप्रतिनिधीले नै कुटेर हात भाँचिदिएपछि एक युवा ४ दिन देखि अस्पतालमा छन् । आफन्तले प्रहरीमा किटानी जाहेरी दिन पटक पटक इलाका धाउँदा पनि प्रहरीले भने जाहेरी दर्ता नै गरेको छैन् ।

मोरङको उर्लाबारी ४ का २१ वर्षीय सुदिप थापालाई सोही नगरको वडा नं. ८ का वडा सदस्य अग्नी प्रसाद लिम्बू सहितको समुहले कुटेर हात नै भाँचिदिएको छ । हात भाँचिएपछि थापाको अहिले दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । थापाको हात भाँचिएपछि हाल स्टिल लगाएर हातको उपचार भइरहेको पिडित थापाका काका हेम बहादुर थापाले बताए । सो विषयमा पटक पटक किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय उर्लाबारी पुग्दा किटानी जाहेरी नै लिन नमाने थापाले बताए । इप्रका उर्लाबारीका प्रमुख (प्रहरी निरिक्षक) सुवास राईले उल्टै गाँउमै मिलेर आउनु भनेर पटक पटक फर्काएको थापाले बताए । पिडक पक्षले पनि मिलौ भनेर निरन्तर दवाव दिने गरेको थापाले बताए ।

यता पिडक भनिएका वडा सदस्य अग्नी प्रसाद लिम्बूले आफु घटना भएको समयमा संगै रहेको तर घटनामा संलग्न नभएको बताए । स्थानीय युवाहरुले घटना घटाएको तर सो विषयमा दुवैतर्फको छलफल र मिलापत्र गर्ने सहमती भएको बताए । आवश्यक उपचार पनि गरिरहेको र अव मिलापत्र लिखित रुपमा गर्न मात्रै बाँकी रहेको लिम्बूले बताए ।

पिडित पक्ष भने लगातार ४ दिन देखि पटक पटक इलाकामा जाहेरी दर्ताका लागि धाइरहेका छन् । प्रहरी निरिक्षक सुवास राईले समेत पिडितलाई झन पिडा दिएर मिल्न दवाव दिइरहेका छन् । थापाको उपचारका लागि हाल सम्म करिब ७० हजार खर्च भइसकेको छ । अझै कति समय अस्पताल बस्नुपर्ने हो टुङ्गो छैन् । पिडिक पक्षले हालसम्म उपचारका लागि भनेर ४० हजार रुपैया दिएको हेम बहादुर थापाले बताए ।

घटना असार १ गते घटेको थियो । करिब बेलुका ८ः३० बजेको समयमा पिडित थापाको समुहमा प्रितम पौडेल, पवन खड्का र मिलन प्रसाँई साथिलाई पु¥याउनका लागि वडा नं. ८ को सिसौली गएका थिए । सोही समयमा बेलुका ९ बजेपछि मोटर साइकल कुदाउन पाइदैन भन्दै ढाँट लागएर वडा सदस्य र उनका छोरा सहितले कुटपिट गरेका थिए । पिडित पक्षले न्याएका लागि वडा सदस्य अग्नी प्रसाद लिम्बू, उनका छोरा शौगात लिम्बू र महेश लिम्बूको नाममा किटानी जाहेरी दर्ताका लागि दैनिक रुपमा इलाका धाइरहेको हो ।

सम्बन्धित खवर