ढाडे खोलाले बगाउँदा अंजनाको मृत्यु

ढाडे खोलाले बगाउँदा अंजनाको मृत्यु

तेह्रथुम, तेह्रथुम लालीगुरास ९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाएर मृत्यु भएको छ । आज दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घर तर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई खालाले बगाई बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकी अंजनालाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अबस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । अंजनासंगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन् ।

सम्बन्धित खवर