गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमित , गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय

गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमित , गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय

पोखरा : पोखराका ८ जना सहित गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान कास्की सहित ४ जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

कोरोना पुष्टि हुनेमा पोखरा महानगरका ६ पुरुष र २ महिला रहेका छन् । त्यस्तै तनहुँका २ तथा स्याङ्जा र लमजुङका  १-१ पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या भने १००४ रहेको छ ।

सम्बन्धित खवर