पोखराबेँसीको रक्तदान‌मा ५४ युनिट रगत संकलन

पोखराबेँसीको रक्तदान‌मा ५४ युनिट रगत संकलन

पाेखरा : पोखरा–१८ स्थित पोखराबेँसी टोल विकास संस्था र युवा क्लबको आयोजना तथा आमा समुहको व्यवस्थापनमा आफ्नै टोलमा आयोजित रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले पहिलो रक्तदाता महेन्द्र त्रिपाठीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।

प्रमुख अतिथि थापाले शरिरमा उत्पादन हुने रगत एउटा निश्चित समयपछि आफसेआफ‌ खेर जने भएकाले रक्तदानबाट शरीरलाई हानी नहुने बताए ।

उनले भने– म उमेरले ५९ वर्षको‌ भए पनि बेला बेलामा रक्तदान गर्छु ।‌ साथै उनले, बाढीपहिरोको विषम परिस्थितिमा रगत अभाव हुने हुँदा टोलले रक्तदान कार्यक्रम आयोजना गरेर स्तुत्य कार्य गरेको धारणा राखे ।

कार्यक्रममा नेकपा वडा नम्बर १८ वडा अध्यक्ष पुस्कल थापा, पवित्रा भण्डारी, त्रिलोचन दाहाल लगायतले शुभेच्छा व्यक्त गरेका थिए ।

बिरौटाबाट रक्तदान गर्नकै लागि आएकी रक्तदाता मीना क्षेत्रीले रक्तदान गर्न निकै इच्छा भएको र अनुकूलता नमिलेकोमा पाटनवेँसीमा रक्तदान गर्न पाएकोमाा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा तनहुँ बन्दीपुरबाट उत्तम‌ थापा मगर, लाहाचोकबाट सन्दीप सुनार, लान्द्रुकबाट नवीन थापा मगर रक्तदानकै निम्ति कार्यक्रममा उपस्थित भएको कार्यक्रममा व्यवस्थापन संस्था पोखरावेँसी आमा समूहकी अध्यक्ष जानकी खड्काले जानकारी दिइन् ।

कार्यक्रम सफल पार्न क्लबका सदस्य गोकुल बि।सी, राजन भट्टराई, उषा बि.क., विक्रम पौडेल, भानुभक्त पोखरेल, विष्णुहरि‌ त्रिपाठी, सुब्बा शाक्य, शर्मिला ताम्राकार, डा. बिधा भुषण ताम्राकार, रेडक्रस सोसाइटी–१८ एकाई सभापति गंगाधर तिमिल्सिना, वडा सदस्य भोजकुमारी थापा, सरला नेपाली लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेको पत्रकार सुमन श्रापितले आदर्श समाजलाई जानकारी दिए ।

पोखराबेँशी टोल विकास संस्थाका अध्यक्ष हरि लम्सालको‌ अध्यक्षता भएको कार्यक्रममा युवा क्लवका अध्यक्ष सन्जु सुनारले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सदस्य हरि प्रसाद शर्माले गरेका थिए ।

सम्बन्धित खवर