पार्टिको साधारण सदस्य समेत नरहनेगरी निर्वाचित वडा सदस्यलाई कांग्रेसको कार्वाही सिफारिस

पार्टिको साधारण सदस्य समेत नरहनेगरी निर्वाचित वडा सदस्यलाई कांग्रेसको कार्वाही सिफारिस

किरण न्यौपाने, रंगेली

नेपाली काग्रेस रंगेली नगरकार्य समितिले जननिर्वाचित वडा सदस्यलाई कार्वाहीका लागि सिफारीश गरेको छ । मोरङको रंगेली नगरपालिका वडा नं. ३ बाट जननिर्वाचित वडा सदस्य मुन्सी टुडुले पार्टिको ह्वीप र अनुसाशन विपरित कार्य गरेको भन्दै नगरकार्य समितिले नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई कार्वार्हीका लागि सिफारिस गरेको हो ।

टुडु नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित सदस्य हुन् । टुडुले असार २९ गते सम्पन्न रंगेली नगरपालिकाको नगरसभामा पार्टिको निर्णय अनुसार एक ढिक्का भई प्रस्तुत हुनुपर्नेमा पार्टिको हितविपरित कार्य गरेको नगरसमितिले निश्कर्ष निकालेको हो । नगरसभामा सहभागी भई हस्ताक्षर गरी पार्टिको हितविपरित कार्य गरेको भन्दै नगर कार्य समितिको साउन ३ गते बसेको बैठकले कार्वाहीको निर्णय गरेको छ ।

बैठकले पार्टिको साधारण सदस्य र वडा सदस्य समेत नरहने गरी कार्वाहीका लागि सिफारिस गरेको छ । नेपाली कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डलले पार्टिमा अनुसाशनको कमि देखिन्दै गएकाले कार्वाही थालिएको बताए ।

सम्बन्धित खवर