पाेखरा : नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
मृर्गाैला र मधुमेहबाट पीडित नेता गुरुङको काठमाण्डौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी भूपू सैनिक संघको पूर्व अध्यक्ष र तत्कालिन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए ।
कास्कीको मादी गाउँपालिका ताङतिङमा जन्मेका गुरुङ लामो समयदेखि पोखरा र काठमाण्डौं बस्दै आएका थिए ।
पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं १ मा उम्मेद्वार बनेका थिए ।गुरुङका एक श्रीमती, दुई छोरा र चार छोरी छन् ।