उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ बाट लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले बिहीबार सोही स्थानका ४७ वर्षे हुद्धबहादुर दमाइलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीका अनुसार दमाईको घरबाट एककिलो ५० ग्राम तयारी र सात बोट गाँजा बरामद गरिएको छ । पक्राउ परेका दमाइलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।