केराबारीस्थित कुलोमा डुबेर तीन वर्षे बालकको मृत्यु

केराबारीस्थित कुलोमा डुबेर तीन वर्षे बालकको मृत्यु

 

मोरङ । मोरङको केराबारीमा कुलोमा डुबेर तीन वर्षे बालकको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ स्थायी घर भई मोरङको केरावारी गाउँपालिका ७ मा रहेको मावली घरमा बस्दै आएका हर्क बहादुर लिम्बुका तीन वर्षे छोरा बियन लिम्बु मृत्यु भएको हो ।

एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार घर नजिकै रहेको कुलोमा मृत फेला परेका बालकको शव परिक्षणको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ, भने थप अनुसन्धान जारी छ ।

सम्बन्धित खवर