सुनसरीको देवानगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

सुनसरीको देवानगञ्जमा करेन्ट लागेर एक युवकको मृत्यु

 

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका २ मुसरी टोल बस्ने २० वर्षे महबुज अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो (बिहीबार) साँझ अन्सारी बिजुलीको ट्रान्स मिटरको पोलमा नेटको तार जोड्ने क्रममा एक्कासी करेन्ट लाग्दा बेहोस भएका थिए । बेहोस भएका अन्सारीको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो।

सम्बन्धित खवर