सिन्धुलीका किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई

सिन्धुलीका किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई

सिन्धुली  : जिल्लामा यो बर्ष समयमा नै मनसुन सुरु भएकोले किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई छ । रोपाइँ हुने क्रम अझै जारी रहेको छ ।

पाखो खेत भएका किसानहरु पानी द र्कनासाथ हलो, जुवा, गोरु लिएर खेतमा जाने गरेका छन् । माहाभारत उत्तरतर्फका आधा बढी भन्दा बढी जमीनमा रोपाइँ सकिएको छ । सदरमुकाममा समेत आकासे पानीको भरमा रोपाई हुने पाखाभित्ताको जमिनमा धान खेती लगाउनेहरु अझै रोपाइँ गर्दैछन् ।

यो बर्ष समयमा नै आकासबाट पानी परेकोले आफ्नो भएको सबै १० कठ्ठा खेतमा रोपाँई सकेर ढुक्कले बसेको कमलामाई नगरपालिका–४ का किसान लालबहादुर भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नत्र बिगत बर्षमा पानीको अ भावमा रोपाइँ गर्न निकै गा ह्रो हुन्थ्यो ।”

किसानले साउन महिनाको दोस्रो सातासम्म रोपाइँ गर्ने उहाँले सुनाउनुभयो । दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा धान खेतीका लागि कमलाखुजँ, मरिणखोला र सुनकोशी गढ्तिर क्षेत्र उर्बर रहेको स्थानीय किसान बताउछन् । जिल्लामा सबैभन्दा बढि साबित्री र रामबिलास जातको धानको खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लामा कुल खेती योग्य जमिन ६२ हजार ७१२ हेक्टर रहेको छ । त्यो मध्ये सिंचीत जमिन(खेत) क्षेत्र १४ हजार ६७४ हेक्टर रहेको छ । सिंचीत जमिनमध्ये पनि बर्षभरिनै सिंचाई सुविधा भएको जमिनको क्षेत्रफल आठ हजार ८०२ हेक्टर रहेको छ । आकासे पानीको भरमा सिंचाई सुविधा भएको जमिनको क्षेत्रफल पाँच हजार ८७२ हेक्टर रहेको छ ।

जिल्लामा बर्सेनि १५ हजार हेक्टर भन्दा बढी जमिनमा बर्षे धानको खेती हुदै आएको र अहिलेसम्म ६५ प्रतिशत जमिनमा रोपाँई सकिएको छ । गत बर्ष ९० प्रतिशत भन्दा बढी जमिन अर्थात १५ हजार ६१० हेक्टर जमिनमा बर्षे धान खेती भएको केन्द्रले जनाएको छ ।

यो बर्ष कम्तिमा पनि १५ हजार तीन सय हेक्टर जमिनमा बर्षे धान खेती हुने अनुमान गरिएको केन्द्रका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यो वर्ष समयमा नै पर्याप्त आकासबाट पानी परेकाले अधाभन्दा बढी खेतमा रोपाई सकिएको सूचना अधिकारी श्रीकृष्ण अधिकरी बताउनुहुन्छ ।

सम्बन्धित खवर