चरकपारा ग्रामथानमा धिमाल सङ्ग्रहालयको निमार्ण कार्य जारी

चरकपारा ग्रामथानमा धिमाल सङ्ग्रहालयको निमार्ण कार्य जारी

दमक : पूर्वी तराईका आदिवासी धिमालको सघन बसोबास रहेको झापाको दमकस्थित चरकपारा ग्रामथानमा धिमाल सङ्ग्रहालय निर्माणकार्य भइरहेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत दमक–९ को चियादोकान चोकबाट ३०० मिटर दक्षिणमा रहेको करीब साढे पाँच कठ्ठा जमिनमा धमाधम सङ्ग्रहालय निर्माण भइरहेको छ ।

आफ्नो कला, संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले छ वर्षदेखि सङ्ग्रहालयमा आवश्यक पूर्वाधार निर्माण भइरहेको धिमाल जातीय विकास केन्द्र झापाका अध्यक्ष मणिराज धिमालले बताउनुभयो । उहाँका अनुसार यो सङ्ग्रहालय निर्माणको प्रारम्भ नागरिकस्तरसहित राज्यले नै महत्व दिएर बजेट छुट्याउन थालेपछि सङ्ग्रहालय बन्ने अवस्थामा पुगेको छ ।

यो सङ्ग्रहालय निर्माणका लागि आर्थिक वर्ष २०७६र७७ मा प्रदेश नं १ सरकारले रु ४० लाख बजेट विनियोजन गरेपछि अहिले धमाधम काम भइरहेको धिमाल समुदायका अगुवा लोकबहादुर धिमाल बताउनुहुन्छ । उहाँकै अध्यक्षतामा सरोकारवालाको सहभागिता रहने गरी एक उपभोक्ता समिति गठन गरेर सङ्ग्रहालय निर्माणको योजनालाई अघि बढाइएको छ । दमक नगरपालिकाले धिमाल जातिलाई दमकको पहिलो नागरिक घोषणा गरेर यी समुदायलाई अझै महत्व दिँदै आएको छ ।

सङ्ग्रहालयमा धिमाल महिलाले घर भान्सामा प्रयोग गर्ने नाङ्लो, ओख्लीदेखि पुरुषहरुले प्रयोगमा ल्याउने माछा मार्ने जाल, शिकार खेल्नेतिर, धनुष र कृषिकर्ममा प्रयोग गरिने कुटो कोदालो राखिएको छ । ग्रामथान परिसरभित्र धिमालहरुको मौलिकता झल्किने पेटानीलगायत सांस्कृतिक भेषवूषासहित कैयौँ प्राचीन संस्कृतिजन्य सामग्री राखिएको दमक–९ का वडाध्यक्ष रामबहादुर धिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “आदिवासी धिमाल जातिसम्बन्धी अध्ययन गर्नका लागि यस सङ्ग्रहालय उपयोगी बन्ने छ ।”

यो ग्रामथानमा स्थानीय धिमालले आफ्नो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जात्री पर्वका दिन विशेष महत्वका साथ पूजाआजा गर्ने र मेला बजार लगाउने चलन छ । त्यसो त झापा र मोरङका झण्डै १०० स्थानका ग्रामथानमा हरेक वर्षको वैशाख १ देखि नै प्रकृतिको पूजाआजा गरी ग्राम देवतालाई खुशी पार्ने चलन छ । चरकपारामा रहेको यो ग्रामथानलाई भने विसं २०६२र६३ को राजनीतिक परिवर्तनपछि राज्यका निकायको धेरथोर ध्यान जानुका साथै आफ्ना संस्कार, संस्कृतिको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको वडाध्यक्ष धिमालले बताउनुभयो ।

यो सङ्ग्राहालय निर्माणको प्रारम्भ नागरिकस्तरबाट दशकौँ अघि शुरु गरिए पनि राज्यले नै महत्व दिएर बजेट छुट्याउन थालेको र यसबीचमा सदियौँ वर्षदेखि विकास र परिवर्तनको अनुभूति गर्न नपाएका धिमालले पाँच वर्षका बीचमा स्थानीय तह पुनःसंरचनापछि भने आफ्नो भाषा, संस्कृति संरक्षणमा राज्यको क्रियाशीलता पनि महसुस गर्दै आएको वडाध्यक्ष धिमाल बताउनुहुन्छ ।

सम्बन्धित खवर