बागलुङ र स्याङजामा गरी गण्डकी प्रदेशमा थप ३ जना संक्रमित

बागलुङ र स्याङजामा गरी गण्डकी प्रदेशमा थप ३ जना संक्रमित

पोखरा : गण्डकी प्रदेशमा तीन जना  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार बिहीबार बिहान गण्डकी प्रदेशका बागलुङ र स्याङजा गरी २  जिल्लाका थप ३  जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा  स्याङजाका १९ वर्षीय १ पुरुष  रहेको निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

सम्बन्धित खवर