हिमाली सांस्कृतिकद्वारा कलाकारलाई राहत

हिमाली सांस्कृतिकद्वारा कलाकारलाई राहत

पोखरा : कोरोना भाइरस (कोभिड–१९) को महाव्याधि र लामो लकडाउनका कारण प्रभावित भएका हिमाली साँस्कृतिक परिवारमा आवद्ध कलाकारलाई दोश्रो चरणको राहत वितरण गरिएको छ । संस्थाले क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको हो।

यस बेला आम्दानी पनि बन्द भई कलाकारहरुको दैनिक जीवनमा समस्यामा परेकाले संस्थाको तर्फबाट दोश्रो चरणमा चामल, दाल, तेल, नुन, सोयाविन लगायतको प्याकेज वितरण गरिएको कोषाध्यक्ष माधव पोखरेलले जानकारी दिए।

संस्थाका अध्यक्ष मेनकाजी गुरुङले समस्याको बेलामा क्लबले अविभावकत्व ग्रहण गर्दै पहिलो र दोश्रो चरण राहत वितरण गरिएको बताए । उनले यस्तो अवस्था रहिरहे आगामी दिनमा पनि थप राहतको व्यवस्थापन गरिने आश्वासन दिए ।

कलाकारहरुको स्वास्थ्य समस्याप्रति ध्यानमा राख्दै यदि कुनै कलाकार बिरामी भएमा उपचारका लागि क्लबले कोषको प्रबन्धको तयारी गरिरहेको उनले जानकारी दिए।

सम्बन्धित खवर