मोरङ : पहिरोले बगाउँदा एकको मृत्यु

मोरङ : पहिरोले बगाउँदा एकको मृत्यु

 

मोरङ । मोरङको केरावारी गाउँपालिका २ सिंहदेवी चिसाङखोला बस्ने ५८ वर्षीया धनकुमारी आङवोको पहिरोले बगाएर मृत्यु भएको छ ।

मंगलबारको २७ राती वर्षासंगै आएको पहिरोले आङवोको घर र गोठ समेत बगाउँदा घटनास्थलमै मृत्यु भएको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको कानुनी प्रकृया पुरा गरी शव सदगतको लागी आफन्तलाई जिम्मा लगाइएको हो ।

सम्बन्धित खवर