रतुवा खोलाले बगाउँदा एक जना बेपत्ता

रतुवा खोलाले बगाउँदा एक जना बेपत्ता

 

इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ डाँगी टोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार प्रेमिका भेट्न भन्दै मामा वासु ऋषिदेवलाई लिएर झापाको गौरीगन्जतर्फ जादाँ रतुवा खोलाले बगायो ।

घुमेर जाँदा गन्तव्यमा पुग्न धेरै समय लाग्ने भएपछि अरुण र वासुले रतुवा खोला तरेर जाने निधो गरे । वासुले पौडिएर खोला पार गरे तर अरुणलाई बाढीले बगायो । उनलाई अझै फेला पार्न सकिएको छैन । ईलाका प्रहरी कार्यलय सिजुवाले जोखिम मोलेर लापरवाहीपूर्ण तरिकाले खोला तर्न खोज्दा घटना भएको जनाएको छ । ।

सम्बन्धित खवर