मेयरका छोरा ५ लाख घुससहित पक्राउ

मेयरका छोरा ५ लाख घुससहित पक्राउ

 

राजेन्द्र महतो, लहान : सिरहाको लहान नगरपालिका वडा नम्बर २२ राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेको बेला बुधबार ५ लाख कमिसनको रकम सहित मेयरका छोरासहित दुईजनालाई अख्तियारले रङ्गिहात पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतोलाई पक्राउ गरेको हो ।

कल्याणपुर नगरपालिकाका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोली ले बताएको छ ।

सम्बन्धित खवर