गण्डकीमा थप २५ जना संक्रमण , संक्रमितको संख्या १ हजार २ सय २८ पुग्यो

गण्डकीमा थप २५ जना संक्रमण , संक्रमितको संख्या १ हजार २ सय २८ पुग्यो

पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिएका छन् ।

म्याग्दीमा ९, तनहुँमा ३, नवलपुरमा ११, गाेरखा र कास्कीमा १/१ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थय निर्देशक डा विनाेदविन्दु शर्माले बताए ।

म्याग्दीकाे बेनी नगरपालिकाका ३ पुरुष, मालिकाका ४ पुरुष, रघुगंगा र मालिकाका १/१ पुरुषामा संक्रमण देखिएकाे छ ।

तनहुँकाे आँबुखैरेनीमा १ पुरुष, भीमादमा २ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

नवलपुरकाे कावासाेतीका २ पुरुष, बुलिङटारका ८ पुरुष र १ महिलामा काेराेना पुष्टि भएकाे निर्देशनालयले जनाएकाे छ ।

गाेरखाकाे गाेरखा नगरपालिकामा १ र कास्कीकाे पाेखरा महानगरपालिकामा १ पुरुषमा पनि काेराेना देखिएकाे छ ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ पुगेको छ भने ३ जनाकाे मृत्यु भएकाे छ ।

सम्बन्धित खवर