विप्लप नेतृत्वका मोरङ जिल्ला सेक्रेटरी पक्राउ

विप्लप नेतृत्वका मोरङ जिल्ला सेक्रेटरी पक्राउ

 

आसार ३०, कुमार खड्का
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी ३ मंगलवारे स्थित सालवारीमा श्रीमतिको नाममा भएको घरमा आएको भन्ने सुचनाका आधारमा पक्राउ गरिएको उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास राईले बताउनु भयो । बोहोराको घर भने कालिकोट रहेको प्रहरीले जनाएको छ ।
बोहराको साथबाट प्रहरीले नेपाल टेलिकम र एनसेलका सातवटा सिम कार्ड बरामद गरेको छ । बोहोरा नेपाल कम्युनिष्ट पार्टीका मोरङ सेक्रेटरी रहेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले उनलाई ५ माघ २०७६ मा मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित रमितेमा ३ वटा एक्जाभेटरमा बम विष्फोट गरी जलाइएको घटनाको योजनाकारका रुपमा प्रहरीले लिएको छ ।
निर्माणाधीन उर्लाबारी, किसान चोक, रमिते सडकमा परिचालन गरिएका तीनवटा एक्जाभेटरमा बम विष्फोट तथा आगजनी गरेर क्षति पुर्‍याइएको थियो

सम्बन्धित खवर