रंगेलीको वडा कार्यालयमा तालाबन्दी, वडा कार्यालयमा कालोझण्डा

रंगेलीको वडा कार्यालयमा तालाबन्दी, वडा कार्यालयमा कालोझण्डा

किरण न्यौपाने, रंगेली

मोरङको रंगेली नगरपालिका वडा नं. ८ दर्वेशाका कृषकहरुको एक समुहले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । अविरल वर्षासंगै चिसाङ खोलामा आएको बाढीले सयौँ विगाह जमिनमा लगाएको धानबाली नष्ट हुनुका साथै खेतीमा बालुवाले ढाक्दा समेत वडाअध्यक्षले निरिक्षण र नदि नियन्त्रणका लागि पहल नगरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।

स्थानिय हेमकाजी बस्नेतले वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउदा समेत कृषकको समस्यालाई ध्यान नदिएपछी तालाबन्दी गर्नुपरेको बताए । करिव २० जनाको संख्यामा रहेका कृषक समुहले वडा कार्यालय खुले लगतै वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । उनिहरुले वडा कार्यालयको मुख्य गेट सहित भित्र कार्यालय कक्षमा समेत ताला लगाएर कालो झण्डा गाढेका छन् । यता वडाध्यक्ष ढक प्रसाद आर्चायले मध्यरातमा चिसाङ नदिमा आएको बाढीले कृषकहरुको बालि र खेतीमा क्षति पु¥याएका विषयमा आफुले जल उत्पन्न सहित सम्बन्धित निकायहरुमा र नगरपालिका समेतलाई जानकारी दिएको बताए । तालाबन्दीका कारण वडाको कामकाज प्रभावित बनेको छ ।

सम्बन्धित खवर