स्वस्थ्य मन्त्रालय नमुना बनाएरमात्र अरूलाई हस्तान्तरण गर्छुः मन्त्री ढकाल

स्वस्थ्य मन्त्रालय नमुना बनाएरमात्र अरूलाई हस्तान्तरण गर्छुः मन्त्री ढकाल

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकालले मन्त्रालयको पुनर्संचना गरेर नमुना बनाउने दृढता व्यक्त गरेका छन । सोमबार मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ, संस्था र ट्रेड युनियनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताए ।

मन्त्री ढकालले हाल स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकै कारण विभिन्न स्वार्थ समूहको निशानामा परेको भन्दै त्यसको आफूले दृढतापूर्वक सामना गर्ने बताए । उनले मन्त्राल नमुना बनाएर सबैले अशल मनसायले काम गर्नुपर्ने बताए । उनले भने ‘स्वास्थ्यमा आमुल परिवर्तनका लागि कोभिड १९ ले केही असहजता सर्जना गरेको भएपनि आफूले स्वस्थ्य मन्त्रालय नमुना बनाएर मात्र अरूलाई हस्तान्तरण गर्ने दृढता व्यक्त गरे ।’
मन्त्री ढकालले स्वास्थ्यको क्षेत्रमा इतिहासकै सबैभन्दा उत्कृष्ट नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा सबै संघसंस्थाले पनि सकारात्मक साथ दिनुपर्ने बताए । मन्त्री ढकालले भने ‘परिवर्तन नचाहने मन्त्रालयभित्रै पनि छन, बाहिर पनि छन तर म यसपटक यो देशमा स्वास्थ्य मन्त्रालय पनि छ भन्ने अनुभुति दिलाउने गरी काम गर्छु ।’

उनले स्वास्थ्यमा परिवर्तनका लागि प्रस्तावित विषयको गृहकार्य गर्न आवश्यक नीति तथा कार्यविधिहरू तय गर्न विभिन्न समिति गठन गरिसकिएको बताए । मन्त्री ढकालले त्यस्ता समितिमा विषयगत क्षेत्रका कुनै संस्थाको प्रतिनिधित्व छुटेको रहेछ भने ती संस्थाका प्रतिनिधिलाइ पर्यपक्षेक सदस्यको रूपमा भए पनि बैठकमा सहभागी गराउने विश्वास दिलाए ।

आफूले पारदर्शी भएर काम गरिरहेको र भोलिका दिनमा पनि त्यसैगरी अघि बढ्ने बताउँदै मन्त्री ढकालले स्वार्थ समूहको हतियार नबन्न अनुरोध गरे । उनले भने ‘असन्तुष्टि र आलोचनाले मात्र निकास दिँदैन । अरूको हतियार बनेर दुरूपयोग नहाऔँ । हामी सबैको कुरा सुन्छौँ । स्वास्थ्य मन्त्रालयलाइ साच्चिकै स्वास्थ्य मन्त्रालय बनाएर छाड्छौँ ।’

उनले पिसिआरको दायरा नघटाइएको भन्दै अहिले २५ वटा ल्याबबाट दैनिक १० हजारको नमुना परिक्षण गर्न सक्ने गरी क्षमतावृद्धि गरिएको बताए । मरेका व्यक्तिहरूको पिसिआर भएकोमा कतिपयले असन्तुष्टि जनाएको सन्दर्भ उल्लेख गर्दै उनले मर्ने व्यक्तिबाट समाज र परिवारमा जोखिम हुन नदिन पिसिआर गरिएको बताए ।

सम्बन्धित खवर