गण्डकी प्रदेशमा थपिए ७ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ७ कोरोना संक्रमित

पोखरा : गण्डकी प्रदेशमा ७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार सोमबार गण्डकी प्रदेशका ५ जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार कोरोना पुष्टि हुनेमा स्याङ्जा र म्याग्दीका १-१ पुरुष, पर्वतकी १ महिला, बाग्लुङका १ पुरुष र १ महिला तथा तनहुँका २ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९९ पुगेको छ ।

सम्बन्धित खवर