नेपालमा थप १४४ जना कोरोना संक्रमित , संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

नेपालमा थप १४४ जना कोरोना संक्रमित , संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।

सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन्। जसमध्ये प्रदेश १ मा ६ जना, प्रदेश २ मा ४१ जना, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८ जना, प्रदेश ५ मा १४ जना, कर्णाली प्रदेशमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी १४४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

गत २४ घन्टामा  ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ। नेपालमा हालसम्म १० हजार २९४ जनालाई कोरोना निको भएको छ। सोमबार १ हजार ७०५ जनाले कोरोना जितेका छन् । प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।

सम्बन्धित खवर