चुरे गाउपालिकामा ट्रक दुर्घटनामा हुदा एकजनाको मृत्यु भएको छ।
भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीको भनाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी गम्भीर घाईते भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताएका छन ।
यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिह धामी घाईते भएका छन्। ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।