मोरङ, आज दिउसो साढे १२ बजे मोरङको बिराटनगर १६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षति पु¥याएको छ । ति घरका ३ सय जना जनालाई उद्वार गरी बिराटनगरको रानीमा रहेको मिल्स माबिमा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसै गरी बिराटनगर १२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसेर क्षति पु¥याएको छ । क्षती भएको सो घरहरुमा रहेका १५० जनालाई उद्वार गरी बखरी आधारभूत विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।