नेपालमा थप ८२ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १६ हजार ८ सय एक पुग्यो

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १६ हजार ८ सय एक पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्।

आइसोलेसन आठ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा  १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या आठ हजार पाँच सय ८९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।

सम्बन्धित खवर