मोरङमा बक्राहा र चिसाङ खोलाको वितण्डा, २२ वर्ष पछि बक्राहले धार परिवर्तन ग¥यो

मोरङमा बक्राहा र चिसाङ खोलाको वितण्डा, २२ वर्ष पछि बक्राहले धार परिवर्तन ग¥यो

कुमार खड्का, उर्लाबारी

मोरङ जिल्लाकै ठुलो खोलाका रुपमा रहेको बक्राह खोलाले २२ वर्ष पछि आफ्नो धार परिवर्तन गरेको छ । गए राति देखी भएको अभिरल वर्षाका कारण खोलाले धार परिवर्तन गरेर गाउँ पस्दा उर्लाबारी ४ को करिव १९ विगाह जमिन डुवानमा पर्नुका साथै कटान भएको छ । खोला किनारमा वसोवास गर्ने बाँधडाँडाको २७ घरपरिवार बाढीको उच्च जोखीममा रहेको प्रकाश राउत्तले बताए ।

खोलामा पानीको वहाब शनिबार राती १० बजेदेखी अत्याधकि बढेर खोलाले धार नै परविर्तन गरेपछि बस्ती जोखिममा परेको हो । दिगो तटबन्ध नहुँदा बर्षायाममा पानी पर्नसाथ जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयबासी बताउँछन् ।

खोलामा आएको बाढीले अधकिांश सिसौका रुखहरु बगाएको छ भने सुगुर, बाख्रा र कुखुराको खोरमा क्षति पु¥याएको छ । बक्राहमा आएको वाढीका कारण स्थानिय खोला किनारमा वसोवास गर्ने परिवारहरु उच्च जोखीममा रहेका कारण उनिहरुको उद्धार तथा व्यावस्थापनका लागि नगरपालिकाले तयारी थालिसकेको नगर प्रमुख खड्ग फगोले बताउनु भयो ।

त्यस्तै, स्थानिय सुनझोरा खोलाको पानी तेली खोलामा मिसीएर आएको बाढीले उर्लाबारी २ देवीझोडा जोड्ने पुलमा क्षति पुगेको छ । पुलको दुबैतर्फको माटो कटान गरी क्षति गरेपछि आवातजावातमा समस्या भएको स्थानीय दान बहादुर पौडेलले बताउनु भयो ।

तेली खोलामा आएको बाढीले दनुवार टोललगायतमा क्षति गरेको छ सो खोलाले दनुवार टोलका केही घरहरु डुवाउनुका साथै खेति योग्य जमिन पनि कटान गरेको स्थानिय जगन ऋषिदेवले बताउनुभयो ।

लगातरको वर्षाका कारण खोलाहरुमा वाढी आएर वस्ती नै डुवानको उच्च जोखीममा रहेका कारण जनजीवन प्रभावित बनेको वडा नम्वर २ का वडा अध्यक्ष राजन कुमार कडेलले वताउनु भयो ।

यस्तै मोरङकै पानीको उच्च वहाव रहेको अर्को खोला, चिसाङमा आएको वाढिका कारण २ परिवार विस्तापित वनेका छन् । कानेपाखरी गाउपालिका वडा नम्वर २ मा चिसाङ खोला वस्तीमा पस्दा स्थानिय पाण्डप ऋषिदेव र सलाङ ऋषिदेवको एक तले घर वगाउदा २ लाख वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सोही गाउपालिकाको वडा नम्वर ५ मा वसोवास गर्ने ६ घरपरिवार वाढीको उच्च जोखिममा रहेका कारण उनिहरुलाई स्थानिय भौसावारी आधारभूत विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । आइतबार विहानै देखि प्रदेश एक सहित धेरै स्थानमा भारी वर्षा भईरहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश एकका तराईका जिल्ला, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा बिहानै देखि भारी वर्षा भइरहेको छ ।

सम्बन्धित खवर