पहिरोमा परी ११ बेपत्ता, उद्धारमा खटिएका १ जनाको मृत्यु

पहिरोमा परी ११ बेपत्ता, उद्धारमा खटिएका १ जनाको मृत्यु

संखुवासभा, संखुवासभा सिलिचोङ गाउँपालिका १ बेसिन्दा स्थितमा अबिरल बर्षाको कारण पहिरो जादा ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको उद्धारमा खटिएका १ जनाको बेहोस भएर मृत्यु भएको छ ।

आज बिहानको राती २ बजे सिलिचोङमा पहिरो गएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल गएको थियो । स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाई उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको छ। उद्धारमै खटिएको अवस्थामा स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भएकोमा उनको आज बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बेपत्ता भएका ११ जनाको भने खोजी कार्य भईरहेको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: