मोरङमा बाढीको वितण्डा, ३७ परिवार विस्थापित, उर्लाबारीमा चार विगाह जमीन कटान

मोरङमा बाढीको वितण्डा, ३७ परिवार विस्थापित, उर्लाबारीमा चार विगाह जमीन कटान

अविरल वर्षासँगै केसलिया खोलामा आएको बाढीका कारण विराटनगर १२ बखरीका ३० परिवार बिस्थापित भएका हुन् । वडाध्यक्ष हिरालाल कामतका अनुसार बखरी टोलमा पर्ने मुसहरी बस्तीमा केसलियाको पानी पसेपछि ३० परिवार विस्थापित भएका हुन । विस्थापित भएकाहरुलाई बखरी स्कुलमा सारिएको छ ।

मोरङको कानेपोखरीमा पनि बाढीका कारण सात परिवार विस्थापित भएका छन् । चिसाङ खोलामा आएको बाढीका कारण कानेपोखरी गाउँपालिका ५ दुखी टोलका ७ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए । कानेपोखरीमा ७ परिवारका ३२ जना विस्थापित भएका हुन् ।

उनका अनुसार बक्राहा खोलामा आएको बाढीले उर्लाबारी ३ मंगलबारेमा खेतीयोग्य जमीन कटान गरेको छ । १४ कृषकको चार विगाह भन्दा बढीखेती योग्य जमीन कटान गरेको हो । निरन्तरको वर्षाका कारण मोरङका नदी नालामा पानीको बहाव उच्च छ । बहाव उच्च भएका कारण कटान र डुबानको जोखिम बढेको डीएसपी राईले जानकारी दिए ।

शनिबार राति मोरङ मिक्लाजुङ गाउँपालिका ३ कुवापानीमा गएको पहिरोका कारण रनकुमार राईको परिवार विस्थापित भएको छ । पहिरोले उनको २ तले २ वटा घरमा पुरिएको छ । पहिरोका कारण मानविय क्षति भएको छैन् ।

सम्बन्धित खवर