कोरोना संक्रमणप्रतिरोधी औषधी वितरण

कोरोना संक्रमणप्रतिरोधी औषधी वितरण

भूमिप्रसाद पाठक, पथरी

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ अवस्थित पथरी बहुमुखी क्याम्पस, पथरीमा क्वारेन्टाइनमा बसेका ५२ जनालाई मारवाडी सेवा समिति, मोरङ, नेपालले कोरोना संक्रमणविरूद्ध लड्न रोग प्रतिरोधात्मक औषधी वितरण गरेको छ । नेपाल सरकारको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागले गत बैसाख १५ गते जारी गरेको प्रोटोकलमा उल्लेख गरेअनुसार प्रयोगमा ल्याइएको यो ARSENICUM ALBUM 30C नामक होमियोपैथिक औषधी देशका ७७ वटै जिल्लामा झण्डै ७० लाख मानिसहरूलाई यो औषधी वितरण गरिएको औषधी वितरण कार्यक्रमका कार्यकारी संयोजक राजबाबु बर्देवाले बताउनुभयो ।

नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले वितरित औषधी ग्रहण गर्नुहुँदै एउटा सचेत मानिसले अर्को मानिसलाई बचाउनका लागि यो औषधी प्रत्येकका हातहात पुर्‍याउने उद्देश्य लिएको बताउनुभयो । उहाँका अनुसार जुनसुकै उमेर समुह र रोगका बिरामीले पनि सेवन गर्न मिल्ने यो ओखती नगरभित्र कमसेकम ८ हजार मानिसलाई वितरण गरिसकिएको र यत्ति नै संख्यामा वितरण गरिने कार्यक्रम रहेको बताउनुभयो ।

बजारको गुम्बा लाइनबाट बितरण आरम्भ गरिएको सो ओखती क्रमशः अरू वडा–वडामा प्रभावकारी ढंगले लगिने कार्यक्रम रहेको जानकारी दिनुहुँदै सहयोगी मनोज श्रेष्ठ, हेमराज श्रेष्ठ र सुमन थापाले बिना कुनै शुल्क समग्र मानव कल्याणका लागि मारवाडी सेवा समिति नेपालको संयोजनमा यो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाउनुभयो ।

सम्बन्धित खवर