रतुवामाई बाढीको उच्च जोखिममा

रतुवामाई बाढीको उच्च जोखिममा

 

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर 9 जयनगरस्थित बक्राह खोलामा पानीको बहाव बढ्दै गएपछि थप जोखिम बढेको छ ।

केहि दिनदेखि भएको अविरल बर्षाका कारण खोलामा पानीको बहाब बढेको हो । खोलाको बाध कमजोर भएको भन्दै स्थानीयहरूले यस्तो प्राकृतिक प्रकोपको समयमै समाधान गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

तटबन्धन कमजोर भएका कारण खोला फुट्न लागेको हो । वर्षेनी बाढीको समस्या भोग्दै आइरहेका यहाँका स्थानीयहरूले यस बर्ष पनि बाढीको समस्या भोग्नुपर्ने अवस्था देखिन्छ ।

योसँगै साबिकको गोविन्दपुर र इटहरामा उच्च जोखिम रहेको वडा नम्बर 9 का वडा अध्यक्ष इन्द्रबहादुर चोङवाङले जानकारीर दिनुभयो ।

तत्काल सम्बन्धित निकायले ध्यान नपुर्याए जनतामा थप संकट आइपर्ने स्थानीय टुकबहादुर कार्कीले बताउनुभयो ।

सम्बन्धित खवर