कर्णाली नदीमा हाम फालेका एक जना बेपत्ता भएका १ जना युवक अझै फेला परेका छैनन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ को कामेश्वर मन्दिर पूर्व तर्फ कर्णाली नदी किनार बाट हाम फालेर १ जना बेपत्ता भएका थिए । उनको खोजी कार्य जारी रहेपनि अहिले सम्म नभेटिएको प्रहरीले जनाएको छ ।
शनिबार स्थानीयले नदीमा हाम फालेको देखे पछि प्रहरीलाई खबर गरेका थिए । ती व्यक्ति कर्णालीमा पसेको ठाउँ बाट अछाम बाजपानी २ ठेगानाको ६२ का सर्पे जैशीको नामको नागरिकता सहित झोला, जुत्ता र कपडा फेला परेको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । उनको खोजी कार्य भइरहेको छ । कर्णालीमा पानीको बहाव बढेको र धमिलो पानी रहेकाले खोजीमा कठिनाइ भयको बिष्टले जानकारी दिनुभयो ।