लमजुङमा पहिरोले लग्यो कांग्रेस नेता सहित ३ को ज्यान, तरुण दलद्वारा दु:ख व्यक्त !!

लमजुङमा पहिरोले लग्यो कांग्रेस नेता सहित ३ को ज्यान, तरुण दलद्वारा दु:ख व्यक्त !!

सञ्जय आचार्य

पोखरा : नेपाल तरुण दल लमजुङद्वारा शुक्रबार बेशीसहर नगरपालिका ७, सातविसेमा अविरल बर्षाका कारण पहिरो आएर निधन भएका नेपाली कांग्रेसका युवा नेता स्व. दिपक तामाङ, तामाङकी धर्मपत्नी र छोराप्रति गहिरो दु:खका साथ श्रद्धाञ्जली व्यक्त गरिएको छ।

तरुण दल लमजुङका अध्यक्ष ललित कुमार गुरुङले शोक बिज्ञप्ति जारी गर्दै मृतक आत्माप्रति तरुण दल लमजुङको तर्फबाट भाबपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन्। बिज्ञप्ति मार्फत नेपाल तरुण दल लमजुङले स्व. तामाङ र उसको परिवारको निधनले तरुण दल र सिङ्गो पार्टीलाई अतुलनीय क्षती पुगेको र स्व.तामाङको पार्टीप्रतिको क्रियाशिलता र योगदानको स्मरण गर्दै उच्च सम्मान प्रकट गरेको छ।

तरूण दल

सम्बन्धित खवर