सञ्चालक समिति पछि हट्यो, मनकामना तत्काल एकीकरण नहुने

सञ्चालक समिति पछि हट्यो, मनकामना तत्काल एकीकरण नहुने

पथरी, शेयर सदस्यहरुको चर्को दवाव पछि मोरङको पथरी शनिश्चरे १ मा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड तत्काल एकीकरण नहुने भएको छ । एकीकरण गर्ने अन्तिम तयारी थालेको सञ्चालक समितिले शनिबार बसेको बैठकमा तत्काल एकीकरणमा नजाने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो ।

इटहरी ४ सुनसरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग कुनैपनि हालतमा एकीकरण गर्ने भनेर कम्मर कसेर लागेका सञ्चालक समितिका पदाधीकारीहरु एकासी पछि हटेका छन् । आफ्नो कार्यक्षेत्र बाहिर गएर एकीकरण गर्न लागेपछि शेयर सदस्यहरुले मनकामना साकोसमा ताला लगाउने सम्मको तयारी गरिरहेका थिए ।

मनकामना र महिला साकोसले ७ दिने सूचना समेत प्रकाशन गरेर शेयर सदस्यहरुको राय माग गरेको थियो । अधिकांश शेयर सदस्यले आफ्नै कार्यक्षेत्रमा तथा नगर भित्र एकीकरण गर्नुपर्ने, नियम विपरित सुनसरीको संस्थासंग एकीकरण गर्न नहुने जस्था सुझावहरु दिएपछि सञ्चालक समितिको शनिबार बसेको बैठकले अधिकांश शेयर सदस्यको एकीकरण नगर्नु भन्ने सुझाव आएको कारण देखाएर साधारण सभा अगाडी एकीकरणको प्रकृया रोक्ने निर्णय गरिएको सूचना सार्वजनिक गरेको छ । अब आउने साधारण सभामा शेयर सदस्यहरुले एकीकरणका लागि पूर्ण रुपमा अधिकार दिएको खण्डमा मात्रै मनकामना एकीकरणको प्रकृयामा अगाडी बढ्न सक्ने भएको छ ।

 

सम्बन्धित खवर