अर्बिट स्कुलको वेबिनार

अर्बिट स्कुलको वेबिनार

सञ्जय आचार्य

पोखरा : भरतपुर महानगरपालिका ५ स्थित विकासचोकमा रहेको अर्बिट स्कुलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई परामर्श गोष्ठि सञ्चालन गरेको छ । लकडाउनको समयमा घरमा बसेका विद्यार्थीहरुलाई प्रेरणा दिने उदेश्यले शनिवार अनलाईन मार्फत जीवन उपयोगी परामर्श गोष्ठि सञ्चालन गरेको हो ।

शनिवार विहान १० बजेदेखि करिब तीन घण्टासम्म सञ्चालन भएको सो गोष्ठिमा मानसिक स्वास्थ्य र आत्म हत्या, नेतृत्व विकास, जीवन वृत्ति, विकास क्षेत्र लगायत मेडिकल इन्जिनियरिङ, निजामति सेवा र एनजिओ, आइएनजिओ क्षेत्र सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको प्रशिक्षण प्रशिक्षक अजय रेग्मी, प्रशिक्षक कमल लामा र प्रशिक्षक निश्चल सापकोटाले गर्नुभएको हो। अनलाईनबाट सञ्चालन भएको गोष्ठिमा एसईई दिएका र ११ कक्षा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारीले विद्यालयले विद्यार्थीको आवश्यकतालार्इ ध्यानमा राखी सो कार्यक्रम राखेको बताउनु भयो।

अर्बिटले यसै वर्ष देखि विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ शुरु गरेको अधिकारीले जानकारी दिनु भयो। कार्यक्रम समापन गर्दै अर्बिट स्कुल व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रराज ढकालले प्रशिक्षकहरुलाई विशेष धन्यबाद सहित सहभागी विद्यार्थीलाई विद्यालयले आगामी दिनमा समेत यस्ता अवसर दिइने कुरा जनाउनु भयो। अर्बिट स्कुलले संचालन गर्न लागेको ११ र १२ कक्षा सञ्चालन कार्यक्रम देशकै नमुना कलेजका रुपमा स्थापित हुने कुरा अध्यक्ष ढकालले विश्वास दिलाउनु भयो।

कार्यक्रम संचालन गर्नु भएका विद्यालयका इन्चार्ज नारायण गौतमले गोष्ठिमा अर्बिट स्कुल बाहेक देश भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुले पनि सहभागिता जनाएको जानकारी दिनु भयो । लकडाउनको समयमा यसअघि अर्बिट स्कुलले अनलाईन मार्फत गायन, कविता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । निःशुल्क अनलाइन गायन तथा गिटार कक्षा पनि चाडै नै सञ्चालन हुने कुरा कार्यक्रम संयोजक प्रदिप कुमार करले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर