कमला नदिमा पानीको बहाव बढ्दै, सतर्क रहन स्थानीयवासीलाई आग्रह

कमला नदिमा पानीको बहाव बढ्दै, सतर्क रहन स्थानीयवासीलाई आग्रह

राजेन्द्र महतो, लहान

अविरल वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय सिरहाले आग्रह गरेको छ । नदी आसपासमा पर्ने सिरहाको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको बताउदै बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेको र सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेको बताएका छन् ।

भण्डारीले अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने बताएका छन् । कमला नदिको बाढीले पु¥याउन सक्ने क्षतिलाई रोक्न बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशील रहेको समेत भण्डारीले बताए ।

गत वर्ष कमला नदीको बाँध भत्किएर बाढी गाउँमा पस्दा कल्याणपुर, सारस्वर, बन्दीपुर लगायतको गाउँ डुबान हुँदा ठूलो धनमालको क्षति भएको थियो । नदीकै छेउमा रहेका यी गाउँहरु बाढीको उच्च जोखिममा परेका छन् । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण नदीमा बाढीको चाप बढेकाले बाँध भत्किएर गाउँ पस्ने हो कि भने चिन्ता बढेको स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर