नेपालमा थप ७० जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार सात सय १९ पुग्याे

नेपालमा थप ७० जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार सात सय १९ पुग्याे

काठमाडौं : पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।  अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसन आठ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या आठ हजार चार सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो।  यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ । धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

सम्बन्धित खवर