केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि , मृतकको संख्या ३६ पुग्यो

केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि , मृतकको संख्या  ३६ पुग्यो

काठमाडौं : सिनामंगलस्थित केएमसी अस्पतालमा असार २५ गते ज्यान गुमाएका बिरामी कोरोना संक्रमित रहेको पुष्टि भएको छ।

स्वाब नमुना पीसीआर परीक्षणका लागि पठाइएकोमा हिजो (शुक्रबार) रिपोर्ट आएको र ती व्यक्ति कोरोना संक्रमित रहेको पुष्टि भएको अस्पतालले जानकारी दिएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा अहिलेसम्म ३६ जना संक्रमितको ज्यान गएको छ।

गोकर्णका ५५ वर्षीय ती पुरुष मिर्गौलाका बिरामी थिए। स्वास्थ्य समस्या देखिएपछि असार १९ गते उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लगिएकामा त्यहाँ सघन कक्ष (आइसीयू) खाली नभएपछि सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार थालेको थियो। उपचारकै क्रममा उनको २५ गते मृत्यु भएको थियो।

कोरोना संक्रमित रहेको पुष्टि भएपछि उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।

सम्बन्धित खवर