पशुपंक्षी तर्फको अनुदान वितरण

पशुपंक्षी तर्फको अनुदान वितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत पशुपंक्षीतर्फको अनुदान आज वितरण गरिएको छ । बंगुर तथा बाख्रापालन समूहतर्फ १० समूहका लागि ७ लाख, माछातर्फ नयाँ पोखरी निर्माण तथा पुराना पोखरी मर्मतमा ११ व्यवसायीका लागि ३ लाख ३२ हजार रकम अनुदान प्रदान गरिएको छ ।

त्यसैगरी, अण्डामा आत्मनिर्भर तथा पारिवारिक स्तरमा पोषण सुरक्षाका लागि ग्रामिण कुखुरा प्रवद्र्धन कार्यक्रमतर्फ १० वटा व्यवसायिक समूहका लागि ४ लाख रकम प्रदान गरिएको छ ।

बंगुर र बाख्रातर्फ समूहमार्फत पशु उपहार कार्यक्रम सञ्चालन हुने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाको सभाध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगर दुध, कुखुरा, बंगुर, खसीबाख्रामा आत्मनिर्भर बन्दै गएको र अन्य क्षेत्रमा पनि आत्मनिर्भर बन्नका लागि नगरले कृषकलाई सदा साथ दिने बताउनु भयो ।

सम्बन्धित खवर