लेखनाथकाे डाँडाकोनाक प्रहरी चौकी डुबानमा

लेखनाथकाे डाँडाकोनाक प्रहरी चौकी डुबानमा

लेखनाथ : गएरातिदेखि परेको अविरल वर्षाका कारण लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी डुबानमा परेको छ । वर्षासँगै मिसिएको डाँडाका मूलहरुले बनेको भल नजिकैको नालाले थेग्न नसक्दा चौकी जलमग्न भएको हो ।

कार्यालय डुबानमा परेपछि प्रहरी कर्मचारीलाई समस्या परेको छ । गुनासो कक्ष, मुद्दा शाखा, क्यान्टिन, शौचालय, पार्किङ सहितका क्षेत्रहरु पानीले डुबाएको थियो । २ तले भवनमा तल्लो तला डुबानमा परेपछि माथिल्लो तलामा सामानहरु सारिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

 

सम्बन्धित खवर