भारतीय न्युज च्यानलहरु नेपालमा प्रशारण गर्न रोक लगाउने निर्णय

भारतीय न्युज च्यानलहरु नेपालमा प्रशारण गर्न रोक लगाउने निर्णय

भारतीय न्युज च्यानलहरु नेपालमा प्रशारण गर्न रोक लगाउने भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले नै भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो ।

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय भएको शर्माले बताए । उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गराइएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना गरेको छ ।

‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खवर