घोडाघोडिका उत्कृष्ट कृषकहरु सम्मानित

घोडाघोडिका उत्कृष्ट कृषकहरु सम्मानित

कैलालीको घोडाघोडी नगरपालिकाले उत्कृष्ट कृषकहरु लाई सम्मान गरेको छ । नगरपालिकाले नगद सहित दोसल्ला र प्रमाण पत्रले एक कार्यक्रका बिच सम्मान गरेको हो ।

घोडाघोडी नगरपालिकाले प्रत्येक वडाका ११ जना गरी १२ वडाका १२ जना उत्कृष्ट कृषकहरु लाई सम्मान गरेको हो । नगरपालिकाले तरकारी खेती, तोरी बाली, चैते धान, खाद्यन्न, केरा, फलफुल र आलु उत्पादन खेतीमा संलग्न किसान लाई सम्मान गरेको छ ।

नगर बाट सम्मानित हुनेमा तरकारी बालीमा टेक बहादुर मगर, लौघर डगौंरा, सत्य नारायण चौधरी, राम लाल चौधरी रहेका छन् । त्यस्तै खाद्यन्न बालीमा माहा सिंह बुढा, दुत राम चौधरी, प्रेम लाल चौधरी, तोरी बालीमा बलिराम डगौँरा, केरा बालीमा भुपेन्द्र बहादुर महत, फलफूल बालीमा भुवन जंग शाह र आलु बालीमा लाजुराम चौधरी रहेका छन् । उनीहरु लाई नगर प्रमुख ममता प्रसाद चौधरीले नगद ६ हजार सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका हुन् ।

नगरपालिको किसानहरुको भिड बाट छनोट गरेर सम्मान गरेर पेसाको उच्च मुल्याङ्क भएको भन्दै वडा न १ बाट उत्कृष्ट कृषकको रुपमा सम्मानित भएका टेक बहादुर मगरले खुसी व्यक्त गरे । वडा अध्यक्षको सिफारिसमा प्रत्येक वडा बाट १ जना गरी १२ जना उत्कृष्ट किसानहरुलाई छनोट गरेको बताईएको छ । उत्कृष्ट कृषकलाई पुरष्कृत गर्ने नीति बमोजिम कृषकहरु लाई सम्मान गरिएकोे कृषि शाखा प्रमुख जनक सिंह धामीले बताए ।

कृषि क्षेत्रमा आत्मनिर्भर हुन लाई किसानलाई प्रोत्साहन गर्न जरुरी रहेकाले नगरका विभिन्न कृषि पेशामा संलग्न कृषकहरु लाई सम्मान गरिएको नगर प्रमुख चौधरीले बताए । नयाँ पुस्ताहरु लाई कृषि क्षेत्रमा प्रेरित गर्न पनि यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने उनले बताए ।

सम्बन्धित खवर