प्रदेश १ सरकारद्वारा रासस विराटनगरलाई मोटरसाइकल प्रदान

प्रदेश १ सरकारद्वारा रासस विराटनगरलाई मोटरसाइकल प्रदान

विराटनगर : प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ कार्यालय विराटनगरलाई १५० सिसीको एक थान पल्सर मोटरसाइकल आज प्रदान गरेको छ । मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र उपसचिव कमलबहादुर थापाले संयुक्त रुपमा रासस प्रदेश प्रमुख मोहम्मद सदरुललाई सो मोेटरसाइकलको साँचो हस्तारण गर्नुभयो ।

सत्यतथ्य समाचार पस्कने राज्यको एक मात्र समाचार समिति राससलाई समयानुकूल सुदृढ, सबलीकरण र सक्षम बनाउने घोषणा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यसअघि गर्नुभएको थियो । मन्त्रालयले गुणस्तरीय समाचार सङ्कलन एवं सम्प्रेषण गर्न सहयोग पुग्ने उद्देश्यले राससमा आबद्ध प्रदेशस्तरका ३३ समाचारदातालाई तीनदिने तालीम प्रदान गर्न सहयोग गर्नाका साथै फर्निचर, क्यामेरा, ल्यापटप जस्ता सामग्री उपलब्ध गराइसकेको छ ।

सम्बन्धित खवर