नदी उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

नदी उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

दमौली : अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ ।

प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार विभिन्न स्थानमा अवैधरूपमा भइरहेको प्राकृतिक स्रोत दोहनका लागि विशेष अभियान चलाइएको छ । प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

व्यास–५ स्थित साँगेखोला बगरबाट एक ट्र्याक्टर, शुक्लागण्डकी नगरपालिका–२ बाट दुई ट्र्याक्टर, आँबुखैरेनी गाउँपालिका–१ बाट एक ट्र्याक्टर र भानु नगरपालिकास्थित मस्र्याङ्दी नदीबाट एक ट्र्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर