राैतहटमा मास्क नलगाई हिँड्नेलाई कारबाही शुरु

राैतहटमा मास्क नलगाई हिँड्नेलाई कारबाही शुरु

विवेक शर्मा

रौतहट : रौतहटमा पनि बिना मास्क खुल्याम रुपमा घुम्ने तथा सामाजिक दुरी कायम नगरि जथाभावी हिड्नेलाइ कार्वाही हुने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि घर बाहिर निस्कदा मास्कलाई गृह मन्त्रालयले अनिवार्य लगाउनु पर्ने नियम लागु गरेपछि रौतहटमा पनि नियम नमाने कार्वाही हुने भएको हो । आफ्नो दैनिक क्रियाकलाप सञ्चालनको लागी घर बाहिर निस्कदा अनिवार्य मास्क र सामाजिक दुरि कायम गर्नु पर्ने भएको छ।

गृह मन्त्रालयले मुलुका ७७ वटा जिल्लामा पत्रचार गरेसंगै रौतहटमा पनि यो नियम कार्यान्वयन हुने भएको हो । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दिनुभएको जानकारी अनुसार महामारीको समयमा मास्क नलगाई हिँड्ने र तोकिएको सामाजिक दुरी पालना नगर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ ।

गृह मन्त्रालयले लकडाउन खुकुलो भएसँगै खुलेका कार्यालय, व्यवसायमा मापदण्डलाई कडाईका साथ पालना गर्न समेत भनेको छ । निर्देशन पालना नगर्नेलाई ऐन अनुसार पक्राउ र जरिवानासम्मको कारबाही हुने शर्माले बताउनु भयो । लकडाउन खुकुलो भएसँगै लापरबाही बढेपछि सरकारले कडाई अपनाउन लागेको हो । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने, दुई मिटरको दुरी कायम गर्नु पर्ने मापदण्ड रहेको छ ।

सम्बन्धित खवर