सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन

 

काठमाडौं । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ ।

आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पार्टीको साधारण सदस्य निष्कासन गर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।

समाजवादीको बैठकले कार्यदलको सुझावका आधारमा दुवै पदबाट निष्काशन गरेको एक नेताले जानकारी दिए ।

सम्बन्धित खवर