नेलम्बोद्वारा खाध्य सामाग्री वितरण

नेलम्बोद्वारा खाध्य सामाग्री वितरण

पाेखरा : पोखरा–४ स्थित नेलम्बो नेपालले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न आश्रम लगायत पोखरा वडा नं. १५ मा खाध्य सामाग्री वितरण गरेको छ ।

कोरोना भाइसरका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले वात्स्यायन वृद्धाश्रम पोखरा–१४, पोखरा १७ स्थित पोखरा वृद्धाश्रम र मानव सेवा आश्रमलाई खाध्य सामग्रीका साथै दैनिक सरसफाईमा आवश्यक पर्ने साबुन, मञ्जन, ब्रश लगायतका सामाग्री राहात स्वरुप सहयोग गरेको हो ।

त्यसैगरी संस्थाले पोखरा १५ भित्र बसोबास गर्ने मजदुर तथा उनीहरुको परिवारलाई राहत पुगोस् गर्ने हेतुले वडाध्यक्ष प्रकाश पौडेल मार्पmत ५० परिवारलाई पनि खाध्य सामाग्री हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा.किसन कोइराला, जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी, स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटा र प्राविधिक सुपरिवेक्षक रवि गुरुङ सहितको टोलीले ति सामाग्रीहरु आइतवार एक कार्यक्रमका बीच प्रदान गरेको हो ।

त्यस अवसरमा संस्थाका अध्यक्ष, वडाध्यक्ष लगायत जनप्रतिनिधिले कोभिड १९ को भयावह परिस्थितिमा नेलम्बो नेपालले अत्यावश्यक खाध्यान्न सामाग्रीहरु सहयोग गरेकोमा आभार व्यक्त गरे ।त्यस्तै उनीहरुले आगामी दिनमा पनि आवश्यकता अनुसार सहकार्य गरी मानव सेवामा समर्पित हुन अनुरोध समेत गरे।

सम्बन्धित खवर