अछाम : अछामको कैलाश खोलामा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ६ भटाकाटीयाका ५० वर्षीया गम्भीरे साउद करिब ६ बजे तिर नुहाउने क्रममा कैलाशखोलामा डुबेर बेपत्ता भएका वडा अध्यक्ष उदय बहादुर साउदले जानकारी दीनुभयो ।
बेपत्ता साउद लाई अहिले सम्म पनि भेटाउन नसकीएका उनको खोजी कार्य जारी रहेको अध्यक्ष साउदले बताउनुभयो ।
उनको खोजीकार्यका लागी शान्तडा प्रहरी र साँफेबगर बाट गएको सशस्त्र प्रहरीको टोलि र स्थानियहरु खोजीकार्यमा जुटिरहेका छन ।