लागूऔषध सहित सिरहाबाट एक जना पक्राउ

लागूऔषध सहित सिरहाबाट एक जना पक्राउ

 

लहान : सिरहाको गोलाकार नगरपालिकाबाट नेपालमा प्रतिबन्ध लगाएका लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले एक जनालाई आफ्नो घरमा लुकाई छिपाई बिक्री वितरण गर्नको लागि राखेको अवस्थामा प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको गोलाकार नगरपालिका वडा नम्वर ४ बस्ने ४२ बर्षीय मनोज कुमार साहलाई प्रतिबन्धित लागुऔषध डाईलेक्स डिसी ६७ बोत्तल र नाइट्रोभेट ट्याभलेट १६५ पिस लागु औषध बरामद गरी निज साह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन ।

पक्राउ परेका साहलाई प्रहरीले नियन्त्रणमा लिई अवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय गोकनजार सिरहा ल्याई थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना अधिकारी बिनोद घिमिरे ले बताए ।

सम्बन्धित खवर